शान्तिनगरको सुकुमबासी बस्तीमा आगलागी
२९ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमाआगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार आगो नियन्त्रणमा लिनका लागि काठमाडौँ र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : December 14, 2020 at 1:48 pm



