१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

चिलिमे हाइड्रोपावरको सेयर मूल्य समायोजन


२९ मंसिर, काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभंश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कम्पनीको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य नेप्सेले ५७० रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले अघिल्लो दिन आइतबारको अन्तिम कारोबार मूल्य ६२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले पुस १२ गते बस्ने साधारण सभा र लाभांश प्रयोजनका लागि सोमबार मंसिर २९ गतेदेखि बुक क्लोज गरेको छ । जसअनुसार आइतबार मंसिर २८ गतेसम्म कायम सेयरधनीले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट कम्पनीले लगानीकर्तालाई १०% बोनस सेयर र १०% नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही काठमाडौँमा गुगल मिटबाट बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ०८:३८

https://srdb.com.np/