कलंकीमा भयानक दुर्घटना, १ को मृत्यु, ६ घाइते
२६ मंसिर, काठमाडाैँ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ ट्रक ब्रेक फेल भई दुर्घटना भएकाे छ । दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
![]()
ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको जानकारी दिए । कार्कीका अनुसार मृतकको शव निकालिएको छ । मृतकको पहिचान भने खुलिनसकेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेकाे छ । प्रहरी निरीक्षक कार्कीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : December 11, 2020 at 8:20 pm



