१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

गैंडाको खाग तस्करीमा संलग्न नुवाकोटका दुईसहित पाँच जना पक्राउ

२६ मंसिर, काठमाडाैँ । संरक्षित वन्य जन्तु गैंडाको खागको तस्करीमा संलग्न नुवाकोटका दुईसहित पाँच जना पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाले स्वयम्भु किमडोलबाट अवैध रुपमा गैंडाको खाग कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२३ का ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीय मुना तामाङ रहेका छन्। खाग बिक्री वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा खाग फेलापरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको महाशाखाले जनाएको छ।

पक्राउ व्यक्तिहरु :
१, नाम:- रिकेश शाक्य
उमेर :– ४१ वर्ष
ठेगाना:- का.जि.का.म.पा-२३ झोंछे
२, नाम:- सुरेश शाक्य
उमेर :– ३५ वर्ष
ठेगाना:- का.जि.का.म.पा-२३ झोंछे
३, नाम:- अनिल श्रेष्ठ
उमेर :– ३९ वर्ष
ठेगाना:- का.जि.का.म.पा-२३ झोंछे
४, नाम:- रामसिंह तामाङ
उमेर :– २६ वर्ष
ठेगाना:- जि.नुवाकोट मेघाङ गा.पा.-६
५, नाम:- मुना तामाङ
उमेर :– २२ वर्ष
ठेगाना:- जि.नुवाकोट मेघाङ गा.पा.-६
मितिः- २०७७।०८।२६ गते ।

प्रकाशित मिति : December 11, 2020 at 7:44 pm