१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

विश्वराज पोखरेल एआईजीमा बढुवा, १८ महिनापछि प्रहरी संगठनको नेतृत्व सम्हाल्ने

२५ मंसिर, काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हाे ।

पोखरेललाई कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ । यस्तै महानगरीय प्रहरी कार्यालय,रानीपोखरीको जिम्मेवारी अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पाललाई दिइएकाे छ । पोखरेलले १८ महिनापछि प्रहरी संगठनको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नेछन ।

अब प्रहरी महानिरीक्षक बन्न उनको प्रतिस्पर्धामा कोही पनि हुने छैनन् । उनी प्रहरी भित्रको भाग्यमानी अधिकृत बन्न सफल भएका छन । जसले प्रहरी महानिरीक्षक बन्ने समयमा कसैसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन । राजनीतिक आस्थाका आधारमा पोखरेललाइ विवादमा तान्न खोजिए पनि उनी अनुसन्धान क्षमतामा अब्बल मानिएका अधिकृत हुन ।

प्रकाशित मिति : December 10, 2020 at 8:08 pm