१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा श्रद्धाञ्जलि व्यक्त

२५ मंसिर, गलकोट । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज बिहान उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

स्वर्गीय केसीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । खत्रीको ७७ वर्षका उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

प्रकाशित मिति : December 10, 2020 at 1:13 pm