ट्राफिक प्रहरीलाई ५०० घुस दिन खोज्ने बसका सह-चालक पक्राउ
२५ मंसिर, काठमाडाैँ । काठमाडाैँको कलंकीमा ट्राफिक प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खाेज्ने बसका सह-चालक पक्राउ परेका छन् ।खड्कुले पुल सडक-खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई ५०० रुपैयाँकाे आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४ ख ४० ७६ नम्बरको बसका सह-चालक राजु लामा पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निषेधित क्षेत्रमा बस रोकिएपछि ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा सह-चालक लामाले ५०० रुपैयाँ घुस ट्राफिक प्रहरीलाई दिन खोजेका थिए । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाव कलंकीमा बुझाइएको छ ।
प्रकाशित मिति : December 10, 2020 at 8:36 am



