४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने नवलपरासीका १ जना पक्राउ

२४ मंसिर, काठमाडौँ । सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई डाटा सार्वजनिक गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

फाइल फाेटाे

सरकारी तथा निजी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाई प्रचलित ऐन कानुन विपरीतका कार्यहरु हुने गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले सूचनाको विशिष्टिकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानको क्रममा उनले निजि क्षेत्रको अनलाईन व्यापारको डाटा ब्रिच गरी डाटा सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद-९ बमोजिमको कसूर गरेको खुलेपश्चात उनलाई पक्राउ गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : December 9, 2020 at 1:11 pm