१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

बुधबार घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

२४ मंसिर, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनकाे मूल्यले ओरालो यात्रा तय गरेको छ । बुधबार सुनकाे मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै, तेजावी सुन ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीकाे मूल्य पनि ताेलाकाे २० रुपैयाँले घटेर प्रतिताेला १ हजार २ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : December 9, 2020 at 11:47 am