‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नारा जपेर भ्रष्टाचारविरुद्धको दिवस मनाइँदै
२४ मंसिर, काठमाडाैँ | आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ ।

राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा अख्तियार दुरूपयोग अनुसन्धान अायोग र विदेशी दातृ संस्थाको सहयोग लिएर केही गैरसरकारी संस्थाले यो दिवस मनाउने गरेका छन । ९ डिसेम्बरका दिनमात्र भ्रष्टाचारविरूद्ध एक भएर समस्या सामाधान हुँदैन । यद्यपी भ्रष्टाचारविरूद्ध खबरदारीको रूपमा मनाइने भएकाले यो दिवसको विशेष महत्व रहेको छ ।
प्रकाशित मिति : December 9, 2020 at 7:39 am



