४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

२३ मंसिर, काठमाडाैँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ। मंगलबार काठमाडाैँमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्।

यसअघि सगरमाथाको उचाइ ८८४८ मिटरबाट बढेर ८८४८.८६ मिटर पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। नापी विभागका दुई अधिकारी सम्मिलित नेपाली टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।

दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन्। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।

प्रकाशित मिति : December 8, 2020 at 2:20 pm