१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

२३ मंसिर, काठमाडाैँ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ः४५ बजे सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी गरिएको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले जानकारी दिनुभयो । उहाँले नेपाल टेलिभिजन मार्फत  सगरमाथाको नयाँ उचाई घोषणाको प्रत्यक्ष प्रशारण हेर्न अनुरोध गर्नुभएको छ ।

यसअघि मंसिर १० बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो । मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न मन्त्रालयलाई नै स्वीकृति दिएको दिएको थियो ।

‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको छ। त्यो कार्य अहिले सम्पन्न भएको छ। अब हामी आफैँले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ,’ मन्त्री अर्यालले भन्नुभयो

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो। सन् १८५६/५७ मा तत्कालीन ब्रिटिस इन्डियाको ‘सर्वे अफ इन्डिया’ ले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेको थियो । त्यसैलाई अहिलेसम्म मान्यता दिइँदै आएको छ । त्यसपछि अमेरिका, इटली र चीनद्वारा गरिएको मापनमा सगरमाथाको उचाइ फरकफरक पाइएको छ ।

प्रकाशित मिति : December 8, 2020 at 7:19 am