सोमबार पनि घट्याे सुनको मूल्य, तोलाको कति ?
२२ मंसिर, काठमाडाैँ । सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ ।
प्रकाशित मिति : December 7, 2020 at 12:10 pm



