१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

२२ मंसिर, काठमाडाैँ । नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान १०ः२० मा उहाकाे निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिना अघिदेखि नर्भिक अस्पतालकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

८५ वर्षका थापालाई कोरोना  सङ्क्रमण पनि देखिएको थियो । तर कोरोनामुक्त भइसकेपछि उहाँलाई स्वास्थ्यमा समस्या देखिएको थियो । छातीमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति : December 7, 2020 at 11:59 am