एटीएम मेसिन फोड्दै गर्दा कोटेश्वरबाट युवक पक्राउ
२२ मंसिर, काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा कोटेश्वरबाट एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । ‘बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : December 7, 2020 at 11:35 am



