पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ भारतबाट पक्राउ
२२ मंसिर, काठमाडौँ । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् । भारतको मोतिहारी जिल्लाबाट भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ। २७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो ।

त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।
प्रकाशित मिति : December 7, 2020 at 9:30 am



