काठमाडौँको नयाँ बानेश्वरमा मोटरसाइकलकाे ठक्करबाट पैदल यात्रुकाे मृत्यु
२२ मंसिर, काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएकाे छ ।बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडाैँ आलोकनगर बस्ने ७० वर्षका लोकनाथ धितालको मृत्यु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हो । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति : December 7, 2020 at 9:14 am



