१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ठेक्का रद्दगरी जेल हाल्ने चेतावनी पछि प्रचण्डका घरबेटीले सडक कालोपत्रे गर्न थाले

२१ मंसिर, काठमाडाैँ । महत्वपूर्ण आयोजनाहरूको ठेक्का हत्याउने तर काम नगर्ने गरी विकासको गति सुस्त पार्न मरिमेटेर लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी वद्नाम ठेकेदार शारदाप्रसाद अधिकारीको घैँटोमा घाम लागेको छ । ठेक्का रद्द गरेर जेल हाल्ने चेतावनी पाएपछि अधिकारीले काम सुरू गरेका हुन ।
सरकारले विकासको काम अघि बढाउन चेतावनी दिँदा उल्टै सरकार ढाल्ने सम्मका चेतावनी दिने अधिकारीले ठेक्का लिएर झण्डै एक दशकदेखि अलपत्र पारेको काठमाडाैँ-नुवाकोट-रसुवाको पासाङ ल्हामु राजमार्गको बालाजु-रानीपाैवा खण्डको कालोपत्रेको काम सुरू गरेका छन । उनले शनिबारबाट कालोपत्रेको काम सुरू गरेका छन ।
सडक भत्काएर बाटो बिगिरीदिँदा समयमै अस्पताल पुग्न नपाएर दर्जनाैँ बिरामीले ज्यान गुमाउन बाध्य भएका छन । सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा समेत काम भएको थिएन् । बाइपासदेखि पाँचमानेसम्मको सडक जसरी पनि कालोपत्रे गराउने गरी सहरी विकास राज्यमन्त्रीको समेत स्वार्थ जोडिए पछि उनले ठेकेदार अधिकारीलाइ सीधै ताकेता गरिरहेका थिए ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग नुवाकोटका सबै सांसदले मन्त्रालयमै पुगेर सडक निर्माणको सुस्तता हटाइदिन अनुरोध गरेपछि यसअघि उक्त सडकको अायोजना प्रमुख भएर प्रचण्डका घरबेटीसँग कमिसन खाएर कुनै ताकेता समेत नगरी बसेका निरज शर्माको सरूवा भएको थियो । शर्माको सरूवा भएपछि कामले गति लिएको छ । अब भत्काएर बिगारिएको सडक कालोपत्रे गर्न सुरू भएसँगै बाटोकै कारण कसैले पनि अकालमा ज्यान गुमाउनुपर्ने छैन ।
कालोपत्रे गर्नकाम सुरू भएको दुइ दिनमा एक किलोमिटर मिटर सडक कालोपत्रे भएको छ । शनिबारमात्र सडकको कालोपत्रेको अनुगमन गर्न सहरी विकास राज्यमन्त्री मानन्धर फिल्डमै पुगेका थिए । पहिलो चरणमा काठमाडाैँकै तीनपिपलेसम्म कालोपत्रेको काम सम्पन्न हुँदैछ । स्थानीय र जनप्रतिनिधिले निरन्तर खबरदारी नगर्ने हो भने अझै पनि प्रचण्डको भूत देखाएर ठेकेदार अधिकारीले काम रोक्न सक्छन । त्यहीभएर सडक निर्माणका लागि खबरदारी गर्न सार्वजनिक अपिल गरेका छन । तस्बीरः राज्यमन्त्री मानन्धरको सचिवालय ।

प्रकाशित मिति : December 6, 2020 at 9:42 pm