१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अर्काको नाममा परीक्षा दिने १ जना पक्राउ

२१ मंसिर, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फाइल फाेटाे

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे छ ।

प्रकाशित मिति : December 6, 2020 at 12:48 pm