५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बिरामी बोकेर सिमिकोट फर्किरहेको जीप भीरबाट खस्यो, ४ को मृत्यु ७ जना घाइते

२० मंसिर, काठमाडाैँ । बिरामी बोकेर सिमिकोट फर्किरहेको जीप दुर्घटना हुँदा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । हुम्ला सिमकोट गाउपाँलिका ७ डाडाफयाको जबुका नजिकै शुक्रबार राति लु.२ च २१०२ नम्बरको जीप भीरबाट खसेको हो ।

फाइल तस्बीर।

जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरी निरीक्षक सिताराम बिष्टका अनुसार सिमकोटबाट बिरामी लीन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका–७ को डाडाफयामा राती १०ः०० बजे दुर्घटनामा परेको जानकारी दिनुभयो ।

दुर्घटनामा परि १ महिला र ३ जना पुरूषको ज्यान गुमाएका छन । मृतकको सनाखत हुन नसकेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । दुर्घटनामा घाइते भएका सात मध्ये दुइ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : December 5, 2020 at 6:57 am