थप १२७२ जनामा काेराेना संक्रमण, १६ जनाकाे मृत्यु
१९ मंसिर, काठमाडाैँ । नेपालमा कोरोनाभाइरसका १२७२ जना सङ्क्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितकाे संख्या २ लाख ३८८६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा १२७२ जनामा संक्रमणकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल १५४४७ जना सक्रिय संक्रमित रहेका छन् ।नेपालमा हालसम्म १७ लाख ७१९५० जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५७५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख २१८४७ जना संक्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ जना संक्रमितकाे मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १५६७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६३७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।
प्रकाशित मिति : December 4, 2020 at 4:32 pm



