१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१९ मंसिर, काठमाडाैँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९२ हजार ९०० रुपैयाँ पुगेको छ ।


यस्तै शुक्रबार तेजावी सुन तोलामा ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।  शुक्रबार चाँदीकाे मूल्य बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : December 4, 2020 at 11:25 am