५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

थप १३४३ जनामा कोरोना संक्रमण, १३ जनाकाे मृत्यु

१८ मंसिर, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले थप १३४३ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २१११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २०२७२ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।

प्रकाशित मिति : December 3, 2020 at 4:15 pm