आफ्नै बुबाको हत्या गरेको अभियोगमा गोरखाका भुवन ढकाल पक्राउ
१८ मंसिर, गोरखा । आफ्नै ७० वर्षीय बुबा तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे छ ।
प्रकाशित मिति : December 3, 2020 at 12:46 pm



