१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

गोकर्णेश्वर नयाँपाटीमा एक महिने छोरीसहित आमा मृत अवस्थामा फेला, श्रीमान अचेत

१८ मंसिर, काठमाडाैँ । बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक स्थायी ठेगाना भएर बौद्धमा डेरामा बस्दै आएका पेम्बीका श्रीमान अचेत अवस्थामा भेटिएका छन्। उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूले बस्दै आएको घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए।

फाइल तस्वीर

बिहान घरबेटीले सामान लिन जाँदा अबेरसम्म नउठेपछि बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएर कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेका र बुबा छट्पटाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशका गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 3, 2020 at 12:17 pm