१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

रात्रीकालिन व्यवसाय सुचारू गर्न माग गर्दै ठमेलका व्यवसायी सडकमा (फोटोफिचर)

१७ मंसिर, काठमाडाैँ । रात्रीकालिन व्यवसाय सुचारू गर्न माग गर्दै ठमेलका व्यवसायी सडकमा निस्किएका छन । बुधबार ठमेलमा सांकेतिक रूपमा व्यवसायीहरूले रात्रीकालिन व्यवासय सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।

ठमेल पर्यटन परिषद्का महासचिव ध्रुव अधिकारीले अरू सबै क्षेत्र खुला हुँदा पनि हजाराैँको रोजगारी सिर्जना गर्ने ठमेल जस्तो पर्यटकीय हव पूर्ण रूपमा खोल्न सरकारले खुट्टा कमाउन नहुने बताउनुभयो । उहाँले बुधबारको प्रदर्शन सांकेतिक मात्र भएको भन्दै सरकारले माग सुनुवाइ गर्ने विश्वास व्यक्त गर्नुभयो  ।

 

प्रकाशित मिति : December 2, 2020 at 6:12 pm