१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

१७ मङ्सिर, रुपन्देही । बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ । राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना७ख १३३९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नंको स्कुटरलाई आज मध्याह्न ठक्कर दिँदा ।

बुटवल–८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 2, 2020 at 5:35 pm