२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

धुम्बाराहीमा सुरक्षा खतराको हल्ला भ्रम मात्रै, कसले गर्यो कुप्रचार ?

१६ मंसिर, काठमाडाैँ । धुम्बाराहीमा सुरक्षा खतरा भन्दै नेकपा बैठक सारिएको हल्ला भ्रममात्रै भएको बुझिएको छ । नेकपा सचिवालयको बैठक मंगलबार १ बजेका लागि बोलाइएको थियो । मंगलबारको बैठक सुरक्षाको कारण देखाउँदै धुम्बाराहीबाट बालुवाटार सारिएको हल्ला भ्रममात्र भएको एक सचिवालय सदस्यले दैनिकीलाइ बताए ।

केही समयअघि नेताहरूको सुरक्षा थ्रेट भन्दै बैठक सारिएको भनेर प्रचार गराइएपछि दैनिकीले व्यक्त गरेको चासोमा ती सदस्यले भने ‘नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा निरन्तर बसिरहेको छ । आज पनि बालुवाटारमै बस्दै छ । भ्रमपूर्ण कुप्रचारको पछि नलागौँ ।’

आजको सचिवालय बैठकमा कात्तिक २८ गते सचिवालयमा एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँडेको प्रस्ताव र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १३ गतेको बैठकमा फर्काएको प्रतिउत्तरको बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : 12:37