१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कृषि विकास बैंकबाट रकम चोर्ने धादिङका खम्ब घले पक्राउ

१५ मंसिर, काठमाडाैँ । कृषि विकास बैंकबाट रकम चोर्ने धादिङका खम्ब घले पक्राउ परेका छन । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका घलेलाइ प्रहरीले पक्राउ गरेको हो ।

कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याउने कार्यमा संलग्न रही फरार रहेका घले काठमाडाैँको स्वयम्भूबाट पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

महाशाखाको विज्ञप्ति

“ कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका प्रतिवादी पक्राउ ”
कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याउने कार्यमा संलग्न रही फरार रहेका तपसिलमा उल्लेखित ठेगाना भएका खम्ब घलेलाई यस महाशाखाबाट खटिएको टोलीले मिति २०७७।०८।१४ गते बेलुका काठमाण्डौको स्वयम्भुबाट पक्राउ गरी संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाईएको ।

यस अघि मिति २०७६।०६।०७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा रु. ४९,५०,०००।– रकमान्तर भएको रकमबाट रु .९,५०,०००।– भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु. २०,००,०००।– को चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिहरुको समुहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि जम्मा रु. ४,८८,४६,०००।– रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याएको भन्ने सूचना प्राप्त हुन आई यस महाशाखाबाट उक्त घटनाको अनुसन्धान गर्दा मिति २०७६।०६।०७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी निजहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाण्डौ पठाईएको थियो ।

पक्राउ ब्यक्ती :-
नाम थर :- खम्ब घले ।
उमेरः- ५४ बर्ष
ठेगानाः- जिल्ला धादिङ रुबिभ्याली गाउँपालिका वडा नं.१

प्रकाशित मिति : November 30, 2020 at 5:50 pm