११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

वैदेशिक रोजगार विभागका कर्मचारीले अझै घुस खान छाडेनन्, अधिकृत रामप्रसाद ढुंगाना रंगेहात पक्राउ

३१ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागमा अझै घुसको कारोबार फस्टाउदै गएको पाइएको छ । वैदेशिक रोजगारीमा रहेको सिण्डिकेटको समेत अन्त्य गर्दै व्यवसायीलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको सरकारले आफ्नै कर्मचारीलाई घुस खान रोक्न सकेको छैन ।

बिहीबारमात्र विभागको बुद्धनगरका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार दिउँसो ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार १८:२२