नुवाकोटको विदुरमा खानेपानीका लागि पनि सिडिओकै भर, सरोकारवाला कता हराए ?
६ मंसिर, नुवाकोट । नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा खानेपानीको समस्या लामो समयदेखि रहेको छ । खानेपानीको समस्याको समाधान गर्न विदुर खानेपानी उपभोक्ता समिति छ जहाँ राजनीतिक दलहरूले कार्यकर्ता उतारेर चुनाव पनि जित्छन तर उनीहरू नगरवासीलाइ खानेपानी खुवाउने भन्दा पनि कमिसन कसरी हसुर्न सकिन्छ भन्नेमा लाग्छन ।
यो पनि पढ्नुहोस्
-विदुर नगरपालिकाको अनियमितता छोप्न महालेखाको प्रतिवेदन झुटो देखाउने प्रयास
–स्थानीय तहमा लुट मात्र होइन ब्रह्मलुटः उपभोक्ताको नाममा ४९ लाखको सम्झाैता ११ लाखमा ठेक्का
-१२ स्थानीय तह भएको नुवाकोटकामा १२ जनप्रतिनिधि ठेकेदार (सूचीसहित)
-नुवाकोटका स्थानीय तहमा पञ्चायति शैलीको शिक्षा ऐन, विद्यालयको अध्यक्ष जनप्रतिनिधिले तोक्ने
नागरिकका लागि पानीको व्यवस्थापन गर्ने अर्को महत्वपूर्ण निकाय स्थानीय सरकारको रूपमा रहेको विदुर नगरपालिका पनि हो । जनप्रतिनिधिको ध्यान बढी कमिसन कुम्ल्याउने काममा हुन्छ । जनताको लागि काम नगरेको भनेर यसै पनि विदुर नगरपालिकाको नेतृत्व आलोचित रहँदै आएको छ । अझ पछिल्लो समय अबैध रूपमा नदी र खोलाको दोहन गराउन देखिने गरी भूमिका खेलको भनेर आलोचना भैरहेको छ ।

पछिल्लो पटक विदुर नगरबासीका लागि खानेपानीको समस्या हुँदा संघीय सरकारको प्रतिनिधि प्रमुख जिल्ला अधिकारीले भूमिका खेलेका छन । यसैपनि पछिल्लो समय जनताको मनछुनेगरी काम गरेको भनेर प्रशंशा पाइरहेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले शुक्रबार विदुरको खानेपानीको संकटका विषयमा दुइ पटक आफूले पहल लिएर काम गरेको जानकारी दिँदै दीर्घकालीन रूपमा सधानका लागि सरोकारवाल जिम्मेवार पदाधिकारीले काम गर्नुपर्ने बताएका छन ।
प्रमुख जिल्ला अधिकारी ढकालले सामाजिक सञ्जाल मार्फत लेखेको विदुरको खानेपानी समस्या बारेको भनाइ जस्ताकोत्यस्तै
द्शैं अगाडी देखिएको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयबाट मुहानमा मेशिन नै प्रयोग गर्नु पर्ने अवस्था देखिएकोले सम्बद्व विद्दुत प्रशारण आयोजनाको एक्साभेटर व्यवस्था गरी मुहानबाट पानी सुचारू गराइएको थियो भने तिहारको मुखमा देखिएको समस्या ढिला गरी अस्तिमात्र जानकारी हुन आएकोले समस्याको जानकारी हुनासाथ जिल्ला प्रशासन कार्यालयबाट विशेष पहल लिई वेत्रावतीका स्थानीय जनसमुदाय, सम्बद्व आयोजना र खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थितिमा फिल्डमै समस्या समाधान गरी आजबाट पानी सुचारू भएको छ ।
खानेपानीको ब्मजयअ होइन दीर्घकालिन समाधान खोजौं ।
३ विभिन्न निकाय वीच पर्याप्त समन्वय गरौं । वेत्रावतीका स्थानीय समुदाय सहित सम्बद्व सबैमा साधुवाद । अबको बाटो खानेपानीमा पहुंच मात्र होइन गुणस्तरीय खानेपानी सेवामा सबैको सहज पहुंच ।
प्रकाशित मिति : November 21, 2020 at 10:38 am



