१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

हङकङको नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नेपाली नागरिकसहित सात जनाको मृत्यु

१ मंसिर, काठमाडाैँ । हङकङमा बर्थ डे पार्टीमा आगलागी हुँदा नेपालीसहित सात जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमहरूले दिएको जानकारी अनुसार बर्थ डे सेलेब्रेसन गर्न मानिसहरू जम्मा भएको ठाउँमा आगलागी हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको हो । ज्यान गुमाउने मध्ये धेरै नेपाली रहेको भनिए पनि उनीहरूको बिबरण खुलेको छैन ।ज्यान गुमाउनेमा चार जना पुरुष र तीन जना महिला छन् ।

त्यहाँको प्रहरीलाइ उधृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाए अनुसार क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको हो । आगलागीमा परी १८ जना पनि घाइते भएका छन । घाइतेहरूको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूको विभिन्न चार वटा अस्पतालमा उपचार भइरहेको छ । समाचारका अनुसार अपार्टमेन्टमा नेपाली रेष्टुरेन्ट सञ्चालनमा रहेको तर दर्ता नभएको पाइएको छ । आगलागीको कारण पत्ता लगाउन छानविन समिति नै बनेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : November 16, 2020 at 8:41 am