१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

क्लियर टिभीमा लक्ष्मी फिल्मको प्रिमियर शो, अब घर मैबसी डिमाण्ड अनुसार फिल्म हेर्न सकिने

३० कात्तिक, काठमाडौँ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि ले क्लियर टिभी मार्फत ग्राहक वर्गहरुका निम्ति लक्ष्मी फिल्मको प्रिमियर सो १६ नोबेम्बरमा गर्दैछ ।

क्लियर टिभीले च्यानल नं १११(एच डि) र ११२ (एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गर्दैछ । यस च्यानल मार्फत ग्राहकहरुले सो फिल्म आफ्नै घरमा बसि हेर्न सक्नुहुनेछ भने भबिष्यमा थुप्रै फिल्महरु हेर्न सकिने छ ।

ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्नुहुनेछ । विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जन लाई प्राथमिक्ता दिदै कम्पनीले यो सेवा सुचारु गरेको छ ।

प्रकाशित मिति : November 15, 2020 at 1:13 pm