वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना मुक्त, कोरोनाबाट जोगिन अनुरोध
३० कात्तिक, काठमाडाैँ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । ११ दिनको अस्पताल बसाइँ पछि कोरोनामुक्त भएर घर फर्किएको गजुरेलले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ ‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।’

गजुरेलले कोरोनाको एपिएफ अस्पताल परिवारलाइ विशेष धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘उपचार गराएको अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखी नै धन्यवाद । सकेसम्म यो महमारीबाट आफू जोगिऔँ । अरुलाई पनि जोगाऔँ ।’
यही कात्तिक १० गते गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना हुनुभएको थियो । होम अाइशोलेसनमा बस्नु भएको उहाँ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो ।

प्रकाशित मिति : November 15, 2020 at 9:09 am



