१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

हल्ट प्राइज नेपालमा पनि प्रसिद्ध बन्दै

२९ कात्तिक, काठमाडाैँ । विद्यार्थीका लागि नोबेल प्राइजका रुपमा परिचित हल्ट प्राइज अहिले विश्वभर प्रसिद्ध हुँदै गएको छ । अमेरिकाका भूतपूर्व राष्ट्रपति बिल क्लिन्टनले पहिचान गरेको विश्वका उत्कृष्ट पाँच विश्व परिवर्तन गर्ने आइडियाका रुपमा पहिचान गरेको कुरा टाइम्स म्यागजिनले प्रकाशित गरेको छ ।

विश्वविद्यालयका विद्यार्थी लक्षित यस कार्यक्रमले विद्यार्थीको क्षमता विकास गरी उनीहरूबाट नयाँ अवधारणा लिएर विश्वका गम्भीर समस्या पहिचान गरी त्यसको दिगो समाधान गर्न र सकारात्मक परिवर्तन ल्याउने जमर्काे गरेको छ । यसले विद्यार्थीलाई उद्यमशील बनाउन पूर्ण रुपमा मद्दत गर्छ । यसले विद्यार्थीलाई हरेक वर्ष विभिन्न चुनौती समेत दिने गरेको छ ।

चुनाैतीमा आधारित भई उनीहरूले आफ्नो व्यापारिक अवधारणा र विचार बनाउनुपर्ने हुन्छ । यसमा उत्कृष्टता हाँसिल गर्ने एक विजेताले आफ्नो व्यवसाय सुरु गर्न १ मिलियन डलर पुरस्कार स्वरुप प्राप्त गर्ने गर्छ । यस वर्षको चुनौती (च्यालेन्ज) विश्वबाट भोकमरी हटाउन “फुड फर गुड” रहेको छ ।

अहिले प्रायः नेपालका धेरै कलेजले यसलाई अन क्याम्पस कार्यक्रमका रुपमा आ-आफ्ना कलेजमा परिचित गराउँदै छन् । यस वर्षदेखि शंकरदेव क्याम्पसले पनि यो कार्यक्रम ल्याएको छ । यसमा शंकरदेव क्याम्पसका जुनसुकै विद्यार्थीले पनि सहभागिता जनाउन पाउने छन् । ३/३ जनाको समूह बनाएर आफ्नो नाम रजिस्ट्रर गरेपछि भाग लिन सकिन्छ ।

रजिस्ट्रर गर्ने प्रक्रिया र यसबारे थप जानकारी लिन हल्ट प्राइज एट एसडीसी नामक फेसबुक र इन्स्टाग्राम पेजमा बुझ्न सकिने छ । यस वर्षको नयाँ सुरुवातलाई सम्पूर्ण विद्यार्थीले सकारात्मक रुपमा हेर्न र यसलाई अपेक्षा गरिएभन्दा बढी सफलता दिलाउन सहयोग गर्नेकुरामा विश्वस्त रहेको हल्ट प्राइज शंकरदेव क्याम्पसका क्याम्पस डाइरेक्टर रोहित अधिकारीले बताए ।

प्रकाशित मिति : November 14, 2020 at 9:06 pm