पछिल्लो २४ घण्टामा थपिए १९४६ कोरोना संक्रमित, १३ जनाको मृत्यु
२९ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २५०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ७० हजार ६३२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२१५ पुगेको छ ।
प्रकाशित मिति : November 14, 2020 at 5:06 pm



