पछिल्लो २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित, १३ जनाको मृत्यु
२७ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा २१११ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६८ हजार १२९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ ।
प्रकाशित मिति : November 13, 2020 at 4:43 pm



