५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

मकवानपुरमा प्रहरीद्वारा ८० केजी गाँजासहित कार नियन्त्रणमा

२७ कात्तिक, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । पार्किङ गरेर उक्त स्थानमा कार राखिएको र कारका धनी फरार भएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडेर जाँच गर्दा उक्त अवैध गाँजा प्रहरीले फेला पारी थप अनुसन्धान गरिरहेको प्रवक्ता रानाले बताउनुभयो ।

प्रकाशित मिति : November 12, 2020 at 4:24 pm