‘मान्स’मा हस्ताक्षर गर्ने पहिलो आइएसपी कम्पनी बन्यो सुबिसु
२७ कात्तिक, काठमाडाैँ । ‘म्युचुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी’ (मान्स)मा हस्ताक्षर गर्ने नेपालको पहिलो आइएसपी सुबिसु कम्पनी बनेको छ। राउटिङ सेक्युरिटीसम्बन्धी परामर्श दिनका लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल इनिसिएटिभ मान्समा हस्ताक्षर भएसँजै इन्टरनेट राउटिङमा हुने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुबिसुले जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सेक्युरिटी कानुनले ‘मान्स’लाई हरेक आइएसपी, एनएसपी र टेलकोसले अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने प्रावधान राखेको छ। जसमा हस्ताक्षर गरी सुबिसु नेपालको पहिलो आइएसपी कम्पनी बन्न सफल भएको हो।
प्रकाशित मिति : November 12, 2020 at 2:10 pm



