१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

रौतहटमा गोली हानी १७ वर्षीया युवतीको हत्या

२७ कात्तिक, रौतहट । रौतहटमा गोली प्रहार गरि एक जना किशोरीको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार गएराति ११ बजे गोली प्रहारबाट रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाकी १७ वर्षिया अमृता कुमारीको हत्या भएको हो। गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो । तर साउन महिनामा सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् । गोली कसले प्रहार गरेकाे भन्ने खुलेको छैन। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : November 12, 2020 at 11:02 am