१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

जीप दुर्घटनामा घाइते भएका अशोक राइलाई हेलिकप्टरबाट काठमाडाैँ ल्याइयो

२५ कात्तिक, काठमाडाैँ । जीप दुर्घटनामा घाइते भएका अशोक राइलाई हेलिकप्टरबाट काठमाडाैँ ल्याइएको छ। गत आइतबार ओखलढुंगाको मानेभञ्ज्याङ गापा सानोजुरेमा बुलेरो ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका अशोक राईलाई मंगलबार काठमाडाैँ ल्याएको हो ।

लामो समय दुबई पुलिसमा काम गरेर स्वदेश फर्किएका थिए राई। देशमा नै केही गर्नुपर्छ भनेर देशको सेवा गर्न लागि परेका राइले, जीप किनेर गाउँमा विभिन्न सामग्रीहरुको ढुवानी गर्ने काम गरिरहेका थिए । ओखलढुंगा मिसन अस्पतालमा प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडाैँ ल्याइएको हो ।

घाइतेको अवस्था गम्भीर रहेको छ । नेकपा ओखलढुंगा जिल्ला कमिटी सदस्य तथा चिशंखुगढी गापा सह इन्चार्ज किसन कुमार राई तथा अनेरास्ववियु पुर्व केन्द्रिय सद्स्य किरण देउजाले घाइतेलाई ओखलढुंगा पुगेर ल्याएका हुन्। घाइतेको अहिले ग्वार्को ललितपुर स्थिति बि एण्ड बि अस्पतालमा उपचार भैरहेको छ। अहिले राइको अवस्था खतरामुक्त रहेको किसन राइले जानकारी दिए ।

प्रकाशित मिति : November 10, 2020 at 7:36 pm