प्रधानमन्त्री ओली बुधबार नेपाल–चीन सीमा क्षेत्र किमाथांका जाने
२५ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासाभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका क्षेत्रको भ्रमण गर्ने भएका छन्। सो क्रममा प्रधानमन्त्री ओलीले किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गर्ने भएका छन्।

त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजना र कोसी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथांका सडक निर्माणमा भइरहेको प्रगतिको अनुगमन तथा निरीक्षण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
प्रकाशित मिति : November 10, 2020 at 12:29 pm



