विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
२४ कात्तिक, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले शाक्यलाई सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए। अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने छन्।
प्रकाशित मिति : November 9, 2020 at 12:59 pm



