१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

तिहार ढिलो हुँदा पीडाः किसानको बारीमै सुक्यो सयपत्री फूल

२४ कात्तिक, काठमाडाैँ । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।

यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताउनुभयो ।

यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उहाँले बताउनुभयो । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीयवासी चिन्तित छन् ।

सामान्यतया तीनदेखि चार महिना अवधिमात्रै रहने सयपत्री फूल यस वर्ष अत्यधिक वर्षाका कारण पुष्पखेतीमा असर परेको भए पनि जोगिएका फूल राम्रै फुलेका थिए तर यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको शर्माले बताउनुभयो । कात्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन् ।

प्रकाशित मिति : November 9, 2020 at 9:54 am