बन्यजन्तु मुद्दामा दोषी ठहर भइ फारर रहेका नुवाकोटका कृष्णलाल श्रेष्ठ कारागार चलान
२४ कात्तिक, नुवाकोट । बन्यजन्तु मुद्दामा दोषी ठहर भइ फारर रहेका नुवाकोटका एक व्यक्ति कारागार चलान भएका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का ३७ वर्षका कृष्णलाल श्रेष्ठ कारागार चलान भएका छन ।

जिल्ला अदालत नुवाकोटले २०७६ चैत्र १ गते गरेको फैसलाले श्रेष्ठलाइ बन्यजन्तु मुद्धामा दोषी ठहर गरेको थियो । उनलाइ अदालतले पाँच बर्ष कैद र पाँच लाख रूपैयाँ जरिवाना गरेको छ । फैसला पश्चात श्रेष्ठ फरार रहेका थिए । प्रहरीले उनलाइ यही साता पक्राउ गरेर अदालतमा पेश गरी कारागार चलान गरेको जनाएको छ ।
प्रकाशित मिति : November 9, 2020 at 9:37 am



