१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

आफ्नै साथीको हत्या प्रयास गर्ने नुवाकोटका चन्द्र तामाङ पक्राउ, तीन अझै फरार

२३ कात्तिक, नुवाकोट । नुवाकोटको किस्पाङमा  आफ्नै साथीको हत्या प्रयास गर्ने चार जनाध्येका एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पीडित नेर्कु घलेको उजुरीको आधारणमा घटनामा संलग्न मध्येका चन्द्र तामाङलाइ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०७५ सालको पाैष २५ गते किस्पाङ १ का नेर्कु घलेलाइ सोही ठाउँका चन्द्र तमाङ, अब्राहम तामाङ, काले तामाङ र बिरे तामाङले ज्यान मार्ने उद्देश्यका साथ कुटपिट गरी हत्याको प्रयास गरेका थिए । उनीहरूको विरूद्धमा “कुटपिट तथा अंगभंग शीर्षकमा मुद्दा चलाएर अभियुक्त पक्राउ गर्न थालिएको प्रहरीले जनाएको छ ।

पिडितको श्रीमती मुना तामाङले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजहरुलाई खोजतलास गर्ने क्रममा कुटपिटपछि फरार रहेका चन्द्र तामाङलाइ पक्राउ गरेर जिल्ला अदानुवाकोटमा पेश गरी अदालती पक्रिया सुरू गरिएको जनाइएको छ ।

प्रकाशित मिति : November 8, 2020 at 8:47 pm