१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

काठमाडौँ उपत्यकामा थपिए १५३३ कोरोना संक्रमित

२३ कात्तिक, काठमाडौँ ।  काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १६२ गरी जम्मा १५३३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । हाल सक्रिय संक्रमितकाे संख्या ३५४१९ रहेकाे छ । पछिल्लो २४ घण्टामा थप २८१२  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६  पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।

प्रकाशित मिति : November 8, 2020 at 5:04 pm