११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको मूल्य फिर्ता गर्न आयल निगम सहमत

२९ जेठ, काठमाडौँ । नेपाल आयाल निगम पेट्रोलियम पदार्थमा पछिल्लोपटक वृद्धि भएको मूल्य पुनरावलोकन गर्न सहमत भएको छ । मंगलबार विभिन्न विद्यार्थी संगठन र निगमका पदाधिकारीबीच भएको वार्तामा मूल्य पुनरावलोकन गर्न निगम सहमत भएको हो ।

मूल्य पुनरावलोकनका सम्बन्धमा विभागीय मन्त्री र निगम सञ्चालक समितिबीच छलफल गरेर निर्णय गर्ने सहमति भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । उनले निगमसँग विद्यार्थी तथा विपन्न बर्गलाई सहुलियत रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन पनि उनुरोध गरेको बताए ।

पछिल्लो पटक जेठ १९ गते बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य अनुसार पेट्रोलको ११३, डिजेल र मट्टितेलको समान ९५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १८:०६