१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

स्कुटर सिक्ने क्रममा घाइते भएका सह–प्राध्यापक पौडेलको मृत्यु

२३ कात्तिक, काठमाडाैँ । स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते भएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचारका क्रममा मृत्यु भएकाे छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो ।

लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका पौडेलले असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति : November 8, 2020 at 1:55 pm