१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रधानमन्त्री ओलीद्धारा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई बधाई

२३ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गर्नुभएकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ ।

नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : November 8, 2020 at 12:59 pm